टीम पोखरा मल्टिपर्पोजको रक्तदानमा १ सय ५ युनिट संकलन

पाेखरा | फागुन ७, २०८०

टीम पोखरा मल्टिपर्पोजको रक्तदानमा १ सय ५ युनिट संकलन

पोखरा:   टीम पोखरा मल्टिपर्पोज प्रालिले आयोजना गरेको रक्तदानबाट १ सय ५ युनिट रगत संकलन भएको छ ।

 

युवा व्यवसायीहरुद्धारा स्थापित टीम पोखरा मल्टि पर्पोेज प्रालिको दोश्रो वार्षिकोत्सवको अवसरमा आयोजित वृहत रक्तदान कार्यक्रमा १ सय ५ जनाले रक्तदान गरेका हुन् ।

 

कार्यक्रमका प्रमुख अतिथि पोखरा महानगरपालिका ८ का वडाध्यक्ष रुद्रनाथ बरालले रक्तदान कार्यक्रमका संयोजक प्रालिका सदस्य दिनेश कुमार जिसीलाई ब्लड ब्याग हस्तान्तरण गरी कार्यक्रमको उद्घाटन गरेका थिए ।

 

सो अवसरमा बोल्दै वडाध्यक्ष बरालले युवाहरु विदेश पलायन भइरहेको परिप्रेक्षमा युवा व्यवसायीहरुद्धारा स्थापित टीम पोखरा मल्टिपर्पोेज प्रालिले व्यवशायसँगै सामाजिक कामलाई निरन्तरता दिनु आफैमा गौरवको विषय भएको बताए ।


टीम पोखरा मल्टिपर्पोज प्रालिले आगामी दिनमा आयोजना गर्ने सामाजिक तथा व्यवसायीक क्रियाकलामा सहकार्य गरेर अगाडी बढ्ने वडाध्यक्ष बरालको भनाइ थियो ।

 

त्यस्तै समाजसेवी राजु पौडेलले युवाहरु विदेश पलायन भइरहदा युवाहरुले व्यवशाय सञ्चालन गरी संस्था स्थापना गरी सामाजिक कार्य गरेकोमा सामाजिक काम प्रति आभार प्रकट गर्दै सामाजिक क्रियाकलापलाई निरन्तरता दिन आग्रह गरे ।

 

त्यस्तै नेपाल फर्निचर तथा फर्निसिङ व्यवशायी संघ कास्कीका अध्यक्ष पूर्णशोभा गुरुङले व्यवशायीहरुले आफ्नो व्यवशाय संगै सामाजिक क्रियाकलापलाई अगाडी बढाएकोमा धन्यवाद व्यक्त गरिन् ।

 

नेपाल रेडक्रस सोसाइटी प्रादेशिक रक्तसञ्चार केन्द्र गण्डकीका प्रतिनिधि यमुना केसीले हरेक तीन तीन महिनामा खेर गइरहने रगतलाई रक्तदान गरी रगतको अभावलाई पूरा गर्न सहयोग गरेकोमा रक्तदान गर्ने सम्पूर्ण रक्तदातालाई धन्यवाद व्यक्त गरिन् । 

 

टीम पोखरा मल्टिपर्पोज प्रालिका अध्यक्ष नारायण खत्रीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संस्थाका उपाध्यक्ष पुष्कल ढकालले स्वागत मन्तव्य राखेका थिए भने कार्यक्रमका संयोजक दिनेश कुमार जिसीले धन्यवाद मन्तव्य राखेका थिए । सो कार्यक्रमको सञ्चालन संस्थाका सचिव रावत लामाले गरेका थिए ।

 

पोखरा:  राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले गण्डकी प्रदेश प्रमुखसमक्ष आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन पेश गरेको छ ।   आयोगका कार्यवाहक अध्यक्ष जुद्ध बहादुर गुरूङले शुक्रबार प्रदेश...

थप पढ्नुहोस्

पोखरा:  धौलागिरी युवा क्लब तथा धौलागिरी हेमजा मगर समाज, पोखरा–२५ हेमजा म्याग्दी चोकको आयोजनामा तेस्रो माघे सक्रान्ति मेला–२०८२ बिहिबार देखि शुरु भएको छ ।   हेमजाको फुर्केट...

थप पढ्नुहोस्

काठमाडौं: महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पतालले आजदेखि स्वास्थ्य बिमा कार्यक्रममार्फत उपचार सेवा बन्द गरेको छ।  अस्पतालका सूचना अधिकारी कालीप्रसाद रोस्याराले आजदेखि स्वास्थ्य बिमामा...

थप पढ्नुहोस्